किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ

२९ भाद्र, २०८३, सोमवार
सारांश
  • काठमाडौं प्रहरीका अनुसार अरुण अर्यालको जाहेरीमा तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको उक्त मुद्दामा पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिइएको थियो।

काठमाडौँ: नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। 

 

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौं महानगरका प्रमुख बालेन शाहले राखेको बैठकमा सहभागी भएका तामाङलाई बैठक सकिएलगत्तै प्रहरीले पक्राउ गरेको हो।

 

काठमाडौं प्रहरीका अनुसार अरुण अर्यालको जाहेरीमा तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको उक्त मुद्दामा पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिइएको थियो।

 

काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले अदालतको अनुमतिपछि तामाङ पक्राउ परेको जानकारी दिए। ४३ वर्षीय तामाङ काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि नामक कम्पनी सञ्चालन गर्दै आएका थिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार