संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने

२९ भाद्र, २०८३, सोमवार
सारांश
  • उनले महाधिवेशन स्थगित गरेर सहमतिमा जान सकिने बताउदै संस्थापन पक्षले सबै बाटो बन्द गरेको बताउदै आफुहरुले असोज १५ गतेदेखि महाधिवेशन गर्ने र पार्टीका सबै कार्यकर्तालाई आव्हान गरेका छन् ।

काठमाडौं: नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षको आव्हानलाई अस्वीकार गरेको छ ।

 

देउवा समूहका नेता शशांक कोइरालाले संस्थापन पक्षले सहमतिको प्रयास नगरेको बताए । त्यस्तै नेता डा. प्रकाशशरण महतले सभापति गगन थापासहितको नेतृत्वले सहमतिको लागि ठोस पहल नगरेको आरोप लगाउदै मिडियामा प्रचारबाजी मात्र गरेको बताए । उनले संस्थापन पक्षले आफुहरुलाई अपमानित ढंगले केन्द्रीय सदस्य बनाउन खोजेको आरोप लगाए ।    

 

उनले महाधिवेशन स्थगित गरेर सहमतिमा जान सकिने बताउदै संस्थापन पक्षले सबै बाटो बन्द गरेको बताउदै आफुहरुले असोज १५ गतेदेखि महाधिवेशन गर्ने र पार्टीका सबै कार्यकर्तालाई आव्हान गरेका छन् । नेता महतले आफुहरुले अर्को पार्टी बनाउन नलागेको र काँग्रेसकै महाधिवेशन गर्न लागेको बताए । 

 

यता संस्थापन पक्षले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४‍औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।

 

यसअघि पूर्वसभापति देउवा समूहले छुट्टै १५औँ महाधिवेशन आगामी २१ देखि २३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै संस्थापन पक्षले यसअघि नै पार्टीको १५औं महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार