सशस्त्र प्रहरीलाई थप तालिम र स्रोतसाधन सम्पन्न बनाउन गृहसचिव शर्माको निर्देशन
२९ भाद्र, २०८३, सोमवार
- सीमा सुरक्षामा खटिएका कर्मचारीले स्थानीयसँगको सम्बन्ध सुमधुर बनाउँदै सीमा अपराध र अवैध कारोबार नियन्त्रणमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
काठमाडौँ: गृहसचिव केदारनाथ शर्माले कठिन भौगोलिक क्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई समयसापेक्ष तथा संवेदनशील विषयका थप तालिम प्रदान गरी आवश्यक स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षणका क्रममा उनले विपद्को जोखिम बढ्दै गएकाले आवश्यक जनशक्ति, पूर्वतयारी र स्रोतसाधन व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।
सीमा सुरक्षामा खटिएका कर्मचारीले स्थानीयसँगको सम्बन्ध सुमधुर बनाउँदै सीमा अपराध र अवैध कारोबार नियन्त्रणमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
शर्माले सुरक्षा निकायबीच सूचना आदानप्रदान र समन्वय थप प्रभावकारी बनाउनुपर्ने बताउँदै सशस्त्र प्रहरीसँग सम्बन्धित कानुनी तथा संगठनात्मक कमजोरी सुधारका प्रस्ताव मन्त्रालयमा पठाउन निर्देशन दिएका थिए ।
निरीक्षणका क्रममा उनले सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा प्रयोग गर्दै आएका उद्धार उपकरण तथा ड्रोनलगायत सामग्रीको समेत अवलोकन गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।