सशस्त्र प्रहरीलाई थप तालिम र स्रोतसाधन सम्पन्न बनाउन गृहसचिव शर्माको निर्देशन
२९ भाद्र, २०८३, सोमवार
- सीमा सुरक्षामा खटिएका कर्मचारीले स्थानीयसँगको सम्बन्ध सुमधुर बनाउँदै सीमा अपराध र अवैध कारोबार नियन्त्रणमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
काठमाडौँ: गृहसचिव केदारनाथ शर्माले कठिन भौगोलिक क्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई समयसापेक्ष तथा संवेदनशील विषयका थप तालिम प्रदान गरी आवश्यक स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षणका क्रममा उनले विपद्को जोखिम बढ्दै गएकाले आवश्यक जनशक्ति, पूर्वतयारी र स्रोतसाधन व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।
सीमा सुरक्षामा खटिएका कर्मचारीले स्थानीयसँगको सम्बन्ध सुमधुर बनाउँदै सीमा अपराध र अवैध कारोबार नियन्त्रणमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
शर्माले सुरक्षा निकायबीच सूचना आदानप्रदान र समन्वय थप प्रभावकारी बनाउनुपर्ने बताउँदै सशस्त्र प्रहरीसँग सम्बन्धित कानुनी तथा संगठनात्मक कमजोरी सुधारका प्रस्ताव मन्त्रालयमा पठाउन निर्देशन दिएका थिए ।
निरीक्षणका क्रममा उनले सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा प्रयोग गर्दै आएका उद्धार उपकरण तथा ड्रोनलगायत सामग्रीको समेत अवलोकन गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।