जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण

२९ भाद्र, २०८३, सोमवार
सारांश
  • याहोदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि मानवीय क्षति नभएको युक्रेनी अधिकारीहरूले बताएका छन्। यात्रुहरूलाई तत्काल बाहिर निकालिएको थियो ।

काठमाडौँ: युक्रेन-पोल्यान्ड सीमाना नजिक पूर्वबेलायती प्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली सुरक्षा अधिकारीहरूले छोडको केही समयपछि रुसी ड्रोनले रेलमा आक्रमण गरेको छ ।

 

याहोदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि मानवीय क्षति नभएको युक्रेनी अधिकारीहरूले बताएका छन्। यात्रुहरूलाई तत्काल बाहिर निकालिएको थियो ।

 

युक्रेनको सरकारी रेल कम्पनीले आक्रमणको लक्ष्य कूटनीतिक रेल हुन सक्ने आशंका गरेको छ । रुसी पक्षले भने पश्चिमी युक्रेनको रेल पूर्वाधारमा आक्रमण गरेको जनाएको छ ।

 

युक्रेनी विदेशमन्त्रीले घटनालाई बर्बर आक्रमण भन्दै रुसमाथि थप प्रतिबन्ध लगाउन तथा युक्रेनलाई थप हवाई सुरक्षा उपकरण उपलब्ध गराउन सहयोगी राष्ट्रसँग आग्रह गरेका छन् । घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले आकस्मिक बैठक बोलाएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार