बालबालिकामा गरिएको लगानी राष्ट्रको सुखद भविष्यका लागि हो- प्रधानमन्त्री शाह
२९ भाद्र, २०८३, सोमवार
- प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि हुने बताएका छन् ।
राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
यस वर्ष ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन् ।
उनले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, सञ्चार क्षेत्र तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिले सुनिश्चित गरेका अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा व्यवहारमै अनुभूति गराउनु अबको मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन् ।
यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारी आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहले बालबालिकाको नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।