‘ग्रीन आर्मी’ विवादमा सरकार र सुरक्षा निकायलाई सर्वोच्चले बोलायो

२९ भाद्र, २०८३, सोमवार
सारांश
  • सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतलाई छलफलमा झिकाएको हो ।

काठमाडौँ: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र संरचना प्रयोग गरेको आरोप लागेको ‘ग्रीन आर्मी नेपाल’ सम्बन्धी विवादमा सर्वोच्च अदालतले सरकार र सुरक्षा निकायलाई अन्तरिम आदेशको छलफलमा बोलाएको छ ।

 

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतलाई छलफलमा झिकाएको हो । इजलासले असोज ५ गते छलफलमा बोलाउदै पेसी तोक्न आदेश दिएको छ ।

 

अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले भदौ २६ गते रिट दर्ता गरेको निवेदनमा ग्रीन आर्मीको दर्ता खारेज गरी सैनिक शैलीको पोसाक, दर्जा र चिह्न प्रयोगमा रोक लगाउन माग गरेका छन् । भोटेकोशी बाढीपछि ग्रीन आर्मीका सदस्य सैनिक शैलीको पोसाकमा उद्धार तथा राहतमा खटिएपछि यसको वैधानिकता र गतिविधिमाथि प्रश्न उठेको थियो ।

 

सर्वोच्चको आगामी छलफलपछि ग्रीन आर्मीका गतिविधि रोक्ने वा निरन्तरता दिने विषयमा थप निर्णय हुने भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार