चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य

२९ भाद्र, २०८३, सोमवार
सारांश
  • उनका अनुसार नेपाली सेनाको टोलीले भारी उपकरणबाट करिब ८० मिटर र हातैले थप ५० मिटर खन्ने काम पूरा गर्दै अगाडि बढिरहेको छ ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले चिलिमे क्षेत्रमा सुरुङ खन्ने काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन् ।

 

उनका अनुसार नेपाली सेनाको टोलीले भारी उपकरणबाट करिब ८० मिटर र हातैले थप ५० मिटर खन्ने काम पूरा गर्दै अगाडि बढिरहेको छ । सुरुङको माथिल्लो भागमा पानी रहेको जानकारी प्राप्त भएकाले पानी निकासको प्रभावकारी व्यवस्थापनसहित आजै गन्तव्यमा पुग्ने लक्ष्य राखिएको उनले बताएका छन् ।

 

सुरुङभित्र कामका चरण फरक भएकाले खनिएको दूरीमा पनि फरक देखिएको सांसद न्यौपानेले स्पष्ट पारेका छन् । उनका अनुसार माथिल्लो भागमा सेनाले हातैले १०५ मिटरभन्दा बढी खनेको छ भने उत्खनन उपकरणबाट ८० मिटरभन्दा बढी सुरुङ खनिएको छ । तल्लो भागमा जमेको लेदो हटाएर ७० मिटरभन्दा बढी सफा गरिएको छ ।

 

चिलिमेको सुरुङमा उद्धारको लागि नेपाली सेना, भारतीय सेना, आयोजनाका प्राविधिकसहितको टोलीले संयुक्तरुपमा काम गरिरहेको छ । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार