बाढीपछिको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ- प्रधानमन्त्री शाह
२९ भाद्र, २०८३, सोमवार
- प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो छिटो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको बताए । सडक सञ्चालन भएपछि प्रभावितलाई सामान्य अवस्थामा फर्कन सहज हुने उनको भनाइ थियो ।
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले सरकारी तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गरी पुनःस्थापनाको काम अघि बढाइने बताएका हुन् ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो छिटो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको बताए । सडक सञ्चालन भएपछि प्रभावितलाई सामान्य अवस्थामा फर्कन सहज हुने उनको भनाइ थियो ।
उनले भोटेकोशी नदी किनारका जोखिमयुक्त क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै सुरक्षित स्थानमा नयाँ बस्ती विकासको तयारी भइरहेको जानकारी दिए । नयाँ बस्ती बसाउँदा रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिनुपर्ने उनले बताए ।
प्रधानमन्त्री शाहले सुरक्षित स्थान पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले बाढीपछिको वास्तविक अवस्था बुझ्न महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।