बाढीपछिको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ- प्रधानमन्त्री शाह

२९ भाद्र, २०८३, सोमवार
सारांश
  • प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो छिटो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको बताए । सडक सञ्चालन भएपछि प्रभावितलाई सामान्य अवस्थामा फर्कन सहज हुने उनको भनाइ थियो ।

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले सरकारी तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गरी पुनःस्थापनाको काम अघि बढाइने बताएका हुन् ।

 

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो छिटो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको बताए । सडक सञ्चालन भएपछि प्रभावितलाई सामान्य अवस्थामा फर्कन सहज हुने उनको भनाइ थियो ।

 

उनले भोटेकोशी नदी किनारका जोखिमयुक्त क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै सुरक्षित स्थानमा नयाँ बस्ती विकासको तयारी भइरहेको जानकारी दिए । नयाँ बस्ती बसाउँदा रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिनुपर्ने उनले बताए ।

 

प्रधानमन्त्री शाहले सुरक्षित स्थान पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले बाढीपछिको वास्तविक अवस्था बुझ्न महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार