ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
१८ श्रावण, २०८३, सोमवार
- तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँग कुनै वार्ता नभइरहेको र त्यसको तयारीसमेत नभएको बताएका छन् । उनका अनुसार इरानले ओमानसँग भने होर्मुज जलडमरुको जलमार्ग सुरक्षित राख्ने उपायबारे छलफल गरिरहेको छ ।
काठमाडौँ: इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि दुई देशबीच नयाँ वार्ता सुरु हुने गरेको दाबी अस्वीकार गरेको छ । इरानले अमेरिकासँग कुनै वार्ता नभएको र त्यस्तो कुनै योजना पनि नरहेको स्पष्ट पारेको हो ।
ट्रम्पले आइतबार राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै इरानसँग अप्रत्यक्ष वार्ता सोमबारदेखि सुरु हुने र सम्भावित ठूलो सैन्य आक्रमण पनि स्थगित गरिएको बताएका थिए । उनले मध्यपूर्वका अमेरिकी साझेदार राष्ट्र र इरानको आग्रहपछि आक्रमण रोकेको दाबी गरेका थिए ।
तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँग कुनै वार्ता नभइरहेको र त्यसको तयारीसमेत नभएको बताएका छन् । उनका अनुसार इरानले ओमानसँग भने होर्मुज जलडमरुको जलमार्ग सुरक्षित राख्ने उपायबारे छलफल गरिरहेको छ ।
यसअघि पनि अमेरिका र इरानबीच भएका वार्ताहरू मध्यस्थकर्तामार्फत सञ्चालन भएका थिए । ट्रम्पले भने कूटनीतिक समाधानको पक्षमा रहेको दोहोर्याउँदै आवश्यक परे जुनसुकै बेला सैन्य कारबाही गर्न अमेरिका तयार रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
-
राहदानी ऐन उल्लङ्घन प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
-
साँस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधिमाथि छलफल
-
ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
-
जुलाई महिनामा नेपाल आए ७१ हजार विदेशी पर्यटक
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।