साँस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधिमाथि छलफल
१८ श्रावण, २०८३, सोमवार
- मन्त्रालयका अनुसार सरोकारवालाबाट प्राप्त सुझाव समेटेर कार्यविधिलाई अन्तिम रूप दिइनेछ। कार्यविधि स्वीकृत भएपछि सांस्कृतिक तथा राष्ट्रिय महत्वका उत्कृष्ट चलचित्र निर्माणका लागि अनुदान वितरण गरिनेछ।
काठमाडौँ: सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षका लागि ३ करोड ५० लाख अनुदान दिने तयारी गरेको छ । त्यसका लागि तयार गरिएको कार्यविधिको मस्यौदामाथि सोमबार सरोकारवालासँग छलफल गरिएको हो ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अनुदान वितरण प्रक्रिया पारदर्शी, प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको बताए । उनले सरकारी लगानीबाट बन्ने चलचित्रले नेपालको इतिहास, संस्कृति, राष्ट्रिय पहिचान र सामाजिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे ।
छलफलमा सहभागी चलचित्रकर्मीहरूले सरकारको अनुदान नीति सकारात्मक रहेको उल्लेख गर्दै अनुदान वितरणका लागि स्पष्ट, निष्पक्ष र वस्तुगत मापदण्ड बनाउनुपर्ने सुझाव दिएका छन् । उनीहरूले नयाँ तथा उदीयमान चलचित्रकर्मीलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएका छन् ।
मन्त्रालयका अनुसार सरोकारवालाबाट प्राप्त सुझाव समेटेर कार्यविधिलाई अन्तिम रूप दिइनेछ। कार्यविधि स्वीकृत भएपछि सांस्कृतिक तथा राष्ट्रिय महत्वका उत्कृष्ट चलचित्र निर्माणका लागि अनुदान वितरण गरिनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
-
राहदानी ऐन उल्लङ्घन प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
-
साँस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधिमाथि छलफल
-
ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
-
जुलाई महिनामा नेपाल आए ७१ हजार विदेशी पर्यटक
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।