डढेलो निभाउने क्रममा ग्रीसमा दुई हेलिकोप्टर ठोक्किए, दुई जनाको मृत्यु
२०८३ श्रावण १८ सोमवार
- ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा दुई वटा हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
एजेन्सी, १८ श्रावण । ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा दुई वटा हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डेनमार्कका एक हेलिकोप्टर चालक र ग्रीसको अग्नि नियन्त्रण सेवाका सम्पर्क अधिकृत रहेका छन् । अर्को हेलिकोप्टरमा रहेका बेलायती चालक र एक ग्रीक समन्वय अधिकारी भने सामान्य घाइतेसहित बाँच्न सफल भएका छन् ।
राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा आइतबार भएको दुर्घटनामा एउटा हेलिकोप्टरले अर्को हेलिकोप्टरको पंखामा ठोक्किएपछि आगो लागेको थियो । त्यसपछि एउटा हेलिकोप्टर भीरमा खसेको थियो भने अर्कोले आपत्कालीन अवतरण गरेको ग्रीसको अग्नि नियन्त्रण सेवाले जनाएको छ । दुर्घटनापछि मृतकका शव फेला पारिएको थियो भने घाइते दुई जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा राखिएको छ ।
घटनाप्रति ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनापछि सावधानीका रूपमा देशभर सञ्चालनमा रहेका सबै बेल हेलिकोप्टरको उडान अस्थायी रूपमा रोकिएको छ । दुर्घटनामा संलग्न चारै चालकदल सदस्यको नाम भने सार्वजनिक गरिएको छैन ।
ग्रीसमा पछिल्ला केही दिनयता भीषण डढेलो फैलिएको छ । पाँच सयभन्दा बढी अग्निनियन्त्रक विभिन्न क्षेत्रमा आगो नियन्त्रणमा जुटिरहेका छन् । युरोपका अन्य देशहरू पनि लामो गर्मीका कारण डढेलोको समस्यासँग जुधिरहेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण तातो र सुख्खा मौसम बढ्दै जाँदा यस्ता डढेलोका घटना थप बढिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
-
प्रधानसेनापति सिग्देलको चिनियाँ रक्षामन्त्री जुनसँग शिष्टाचार भेटवार्ता
-
देउवालाई महाधिवेशनमा सहभागी गराउन सबै प्रयास गर्छु- गगन थापा
-
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
-
कृष्णभीरमा दीर्घकालीन समाधान खोज्न कुलमान घिसिङको आग्रह
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।