सम्झौतापछि पनि गाजामा इजरायली आक्रमण रोकिएन, बालबालिकासहित १३ जनाको मृत्यु
१८ श्रावण, २०८३, सोमवार
- यो आक्रमण हमासले केही दिनअघि प्रस्तावित निःशस्त्रीकरण योजना स्वीकार गरेपछि भएको हो । उक्त योजनाअनुसार हमासले आफ्ना हतियार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति बोर्ड’लाई हस्तान्तरण गर्ने प्रस्ताव स्वीकार गरेको बताइएको छ ।
काठमाडौँ: इजरायलले गाजा पट्टीमा लगातार दोस्रो दिन पनि हवाई आक्रमण जारी राखेको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार गाजा सहर, खान युनिस र दैर अल–बलाहका आवासीय क्षेत्रमा आक्रमण गरिएको हो । गाजाको नागरिक सुरक्षा निकायले इजरायली लडाकु विमानले विभिन्न बस्तीलाई निशाना बनाएको जनाएको छ । यता, इजरायली सेनाले भने गाजामा रहेका सैन्य संरचना र हमासका लडाकुलाई लक्षित गरी कारबाही गरिएको दाबी गरेको छ । सेनाका अनुसार आक्रमणमा हमासका दुई लडाकुको मृत्यु भएको छ ।
यो आक्रमण हमासले केही दिनअघि प्रस्तावित निःशस्त्रीकरण योजना स्वीकार गरेपछि भएको हो । उक्त योजनाअनुसार हमासले आफ्ना हतियार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति बोर्ड’लाई हस्तान्तरण गर्ने प्रस्ताव स्वीकार गरेको बताइएको छ ।
यसैबीच, इजरायलका ऊर्जा मन्त्री एली कोहेनले गाजामा सैन्य कारबाही रोक्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनले हमासले हतियार नत्यागेसम्म गाजा पट्टीलाई पूर्ण रूपमा इजरायलको नियन्त्रणमा ल्याउनु आवश्यक रहेको बताएका छन् । समाचार संस्था रोयटर्सका अनुसार हाल गाजा पट्टीको करिब ७० प्रतिशत भूभाग इजरायलको नियन्त्रणमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता सुरु
-
मानव सेवा आश्रमलाई बालबालिकाको तस्वीर तथा भिडियो प्रकाशन नगर्न परिषद्को निर्देशन
-
मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
-
पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने
-
हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।