इरानसँग अमेरिकाको आज अप्रत्यक्ष वार्ता हुने ट्रम्पको दाबी
१८ श्रावण, २०८३, सोमवार
- राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै आवश्यक पर्दा जुनसुकै बेला कारबाही गर्न सकिने भए पनि आफू मानिसको ज्यान जाने अवस्था सिर्जना गर्न नचाहेको बताए । उनका अनुसार सम्झौता भए धेरैको ज्यान जोगिन सक्नेछ ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यकता परे अमेरिका फेरि इरानमाथि सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । तर, आफू सैन्य कारबाहीभन्दा वार्तामार्फत समाधान खोज्न चाहेको उनले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै आवश्यक पर्दा जुनसुकै बेला कारबाही गर्न सकिने भए पनि आफू मानिसको ज्यान जाने अवस्था सिर्जना गर्न नचाहेको बताए । उनका अनुसार सम्झौता भए धेरैको ज्यान जोगिन सक्नेछ ।
उनले आजदेखि अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता सुरु हुने जानकारी पनि दिएका छन् । वार्तामा होर्मुज जलडमरु र इरानको आणविक कार्यक्रमलगायतका विषयमा छलफल हुने जनाइएको छ । यद्यपि, वार्ता कहाँ र कसको सहभागितामा हुने भन्ने खुलाइएको छैन ।
ट्रम्पले साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सको अनुरोधपछि इरानमाथि प्रस्तावित नयाँ आक्रमण स्थगित गरिएको पनि बताएका छन् । उनका अनुसार अमेरिकी सेना दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो आक्रमणको तयारीमा रहे पनि अन्तिम समयमा कूटनीतिक प्रयासलाई अवसर दिने निर्णय गरिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता सुरु
-
मानव सेवा आश्रमलाई बालबालिकाको तस्वीर तथा भिडियो प्रकाशन नगर्न परिषद्को निर्देशन
-
मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
-
पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने
-
हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।