राहदानी ऐन उल्लङ्घन प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
१८ श्रावण, २०८३, सोमवार
- ब्युरोले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत साउन ११ गते काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दायर गरिएको थियो ।
काठमाडौं: राहदानी ऐन अन्तर्गतको कसूरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार जर्मनी जाने भिसा प्रयोजनका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा यात्रा अनुमति पत्रसहित पुगेका केही व्यक्तिको राष्ट्रियतामाथि शंका उत्पन्न भएपछि सोधपुछ गरिएको थियो । त्यसपछि जर्मन राजदूतावासले २०६८ जेठ २० गते पाँच थान सक्कली यात्रा अनुमति पत्र अनुसन्धान तथा कारबाहीका लागि ब्युरोमा पठाएको थियो ।
उक्त घटनामा राहदानी ऐन अन्तर्गत अनुसन्धान गर्दै जाँदा यात्रा अनुमति पत्र जारी गर्ने प्रक्रियामा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृत रहेका पुष्पराज भट्टराईको संलग्नता देखिएको प्रहरीले जनाएको छ । हाल उनी परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा नेपाली प्रवासी समन्वय महाशाखामा सहसचिवका रूपमा कार्यरत छन् ।
ब्युरोले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत साउन ११ गते काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दायर गरिएको थियो ।
सोही मुद्दामा प्रतिवादी कायम भएका ५६ वर्षीय भट्टराईलाई साउन १८ गते काठमाडौं महानगरपालिका–त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
-
राहदानी ऐन उल्लङ्घन प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
-
साँस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधिमाथि छलफल
-
ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
-
जुलाई महिनामा नेपाल आए ७१ हजार विदेशी पर्यटक
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।