जुलाई महिनामा नेपाल आए ७१ हजार विदेशी पर्यटक

१८ श्रावण, २०८३, सोमवार
सारांश
  • त्यसैगरी अमेरिकाबाट ७ हजार ७५४ , बंगलादेशबाट ४  हजार १७९ जना, बेलायतबाट ३ हजार ७७३ जना, अस्ट्रेलियाबाट २ सय ४२८ जना र दक्षिण कोरियाबाट १३९४ पर्यटक जुलाई महिनामा नेपाल आएका छन् ।

काठमाडौँ: नेपालमा जुलाई महिनामा विदेशी पर्यटकको अगामन ७१  हजार रहेको छ । गत बर्षको जुलाईमा नेपाल आउने विदेशी पर्यटकको संख्या ७० हजार १९३ रहेकोमा यस बर्षको जुलाई महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

 

यस बर्षको जुलाई कुल ७१ हजार ७७५ विदेशी पर्यटक आएका छन् । कोभिड शुरु हुनु अघि २०१९ को जुनमा यो संख्या ७४ हजार ८८३ रहेको थियो । 

 

जुलाई महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जुनमा २३ हजार ४९० जना अर्थात ३२.७३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जुलाईमा चीनबाट दोस्रो धेरै ११ हजार ९९ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

 

त्यसैगरी अमेरिकाबाट ७ हजार ७५४ , बंगलादेशबाट ४  हजार १७९ जना, बेलायतबाट ३ हजार ७७३ जना, अस्ट्रेलियाबाट २ सय ४२८ जना र दक्षिण कोरियाबाट १३९४ पर्यटक जुलाई महिनामा नेपाल आएका छन् ।

 

पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल २९ हजार ७५५, एशियाका अन्य देशबाट १७ हजार ४२४ जना, युरोपबाट ९ हजार २७९ जना, अमेरिका क्षेत्रबाट ८ हजार ८२५ जना, ओसिनियाबाट २ हजार ६०७ जना जुलाई महिनामा नेपाल आएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार