ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
१८ श्रावण, २०८३, सोमवार
- तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँग कुनै वार्ता नभइरहेको र त्यसको तयारीसमेत नभएको बताएका छन् । उनका अनुसार इरानले ओमानसँग भने होर्मुज जलडमरुको जलमार्ग सुरक्षित राख्ने उपायबारे छलफल गरिरहेको छ ।
काठमाडौँ: इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि दुई देशबीच नयाँ वार्ता सुरु हुने गरेको दाबी अस्वीकार गरेको छ । इरानले अमेरिकासँग कुनै वार्ता नभएको र त्यस्तो कुनै योजना पनि नरहेको स्पष्ट पारेको हो ।
ट्रम्पले आइतबार राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै इरानसँग अप्रत्यक्ष वार्ता सोमबारदेखि सुरु हुने र सम्भावित ठूलो सैन्य आक्रमण पनि स्थगित गरिएको बताएका थिए । उनले मध्यपूर्वका अमेरिकी साझेदार राष्ट्र र इरानको आग्रहपछि आक्रमण रोकेको दाबी गरेका थिए ।
तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँग कुनै वार्ता नभइरहेको र त्यसको तयारीसमेत नभएको बताएका छन् । उनका अनुसार इरानले ओमानसँग भने होर्मुज जलडमरुको जलमार्ग सुरक्षित राख्ने उपायबारे छलफल गरिरहेको छ ।
यसअघि पनि अमेरिका र इरानबीच भएका वार्ताहरू मध्यस्थकर्तामार्फत सञ्चालन भएका थिए । ट्रम्पले भने कूटनीतिक समाधानको पक्षमा रहेको दोहोर्याउँदै आवश्यक परे जुनसुकै बेला सैन्य कारबाही गर्न अमेरिका तयार रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।