ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट

१८ श्रावण, २०८३, सोमवार
सारांश
  • तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँग कुनै वार्ता नभइरहेको र त्यसको तयारीसमेत नभएको बताएका छन् । उनका अनुसार इरानले ओमानसँग भने होर्मुज जलडमरुको जलमार्ग सुरक्षित राख्ने उपायबारे छलफल गरिरहेको छ ।

काठमाडौँ: इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि दुई देशबीच नयाँ वार्ता सुरु हुने गरेको दाबी अस्वीकार गरेको छ । इरानले अमेरिकासँग कुनै वार्ता नभएको र त्यस्तो कुनै योजना पनि नरहेको स्पष्ट पारेको हो ।

 

ट्रम्पले आइतबार राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै इरानसँग अप्रत्यक्ष वार्ता सोमबारदेखि सुरु हुने र सम्भावित ठूलो सैन्य आक्रमण पनि स्थगित गरिएको बताएका थिए । उनले मध्यपूर्वका अमेरिकी साझेदार राष्ट्र र इरानको आग्रहपछि आक्रमण रोकेको दाबी गरेका थिए ।

 

तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँग कुनै वार्ता नभइरहेको र त्यसको तयारीसमेत नभएको बताएका छन् । उनका अनुसार इरानले ओमानसँग भने होर्मुज जलडमरुको जलमार्ग सुरक्षित राख्ने उपायबारे छलफल गरिरहेको छ ।

 

यसअघि पनि अमेरिका र इरानबीच भएका वार्ताहरू मध्यस्थकर्तामार्फत सञ्चालन भएका थिए । ट्रम्पले भने कूटनीतिक समाधानको पक्षमा रहेको दोहोर्‍याउँदै आवश्यक परे जुनसुकै बेला सैन्य कारबाही गर्न अमेरिका तयार रहेको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार