इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: पाँच जनाको मृत्यु, ४१ बेपत्ता
१७ श्रावण, २०८३, आइतवार
- राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार बिहान ८: २४ बजे सुराबाया उद्धार कार्यालयले केएमपी मुटियारा सेन्टोसा–२ नामको यात्रुवाहक पानीजहाजमा आगलागी भएको सूचना प्राप्त गरेको थियो ।
काठमाडौँ: इन्डोनेसियामा कम्तीमा २५० यात्रु बोकेको एक यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्।
राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार मदुरा टापुनजिक समुद्रमा जहाजमा आगलागी भएको हो। उक्त पानीजहाज पूर्वी जाभाको इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायाबाट दक्षिण सुलावेसीको मकासरतर्फ जाँदै थियो।
जहाजका कप्तानले समुद्रमा यात्रा गरिरहेका बेला आगलागी भएको जानकारी दिएका थिए । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा ठूलो संख्यामा यात्रुहरू जीवनरक्षक ज्याकेट लगाएर उद्धारको प्रतीक्षामा रहेको देखिएको छ। केही दृश्यमा आगो र बाक्लो धुवाँ निस्किरहेको जहाजबाट यात्रुहरू बाहिर निस्कने प्रयास गरिरहेको देखिन्छ ।
राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार बिहान ८: २४ बजे सुराबाया उद्धार कार्यालयले केएमपी मुटियारा सेन्टोसा–२ नामको यात्रुवाहक पानीजहाजमा आगलागी भएको सूचना प्राप्त गरेको थियो ।
जहाज सञ्चालन कम्पनीको जानकारीअनुसार बिहान करिब ६ बजेदेखि ७ बजेको बीचमा आगलागी सुरु भएको थियो । पछि उद्धार निकायले जहाज लगभग पूर्ण रूपमा आगोको चपेटामा परेको र उद्धारको प्रतीक्षामा यात्रुहरू जहाजको अगाडिको भाग र माथिल्लो क्षेत्रमा बसेको जनाएको छ ।
सार्वजनिक भएका केही दृश्यमा केही यात्रुहरू समुद्रमा हाम फालेको देखिएको छ। जीवनरक्षक ज्याकेट लगाएका यात्रुहरू समूहमा जम्मा भएको र उद्धार टोलीले उनीहरूलाई उद्धार जहाजमा लगिरहेको दृश्य पनि देखिएको छ ।
घटनास्थलमा उद्धार तथा बेपत्ता यात्रुको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।