शिक्षामन्त्री र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता, विद्यालयमा चेस प्रवर्द्धनबारे छलफल
१८ श्रावण, २०८३, सोमवार
- सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल-मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय शिक्षामा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल-मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय शिक्षामा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पोखरेलले चेस खेलको विकासका लागि मंगोलियासँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका थिए । पूर्वप्रधानमन्त्री जान्दानशातारले चेसले विद्यार्थीको बौद्धिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नेपालको विद्यालय शिक्षामा चेस प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न मंगोलिया तयार रहेको बताएको मन्त्री पोखरेलको सचिवालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।