शिक्षामन्त्री र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता, विद्यालयमा चेस प्रवर्द्धनबारे छलफल
१८ श्रावण, २०८३, सोमवार
- सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल-मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय शिक्षामा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल-मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय शिक्षामा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पोखरेलले चेस खेलको विकासका लागि मंगोलियासँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका थिए । पूर्वप्रधानमन्त्री जान्दानशातारले चेसले विद्यार्थीको बौद्धिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नेपालको विद्यालय शिक्षामा चेस प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न मंगोलिया तयार रहेको बताएको मन्त्री पोखरेलको सचिवालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।