‘पदमा पुगेपछि पार्टीको योगदान बिर्सिनु हुँदैन’ : सुदन किराँती
१८ श्रावण, २०८३, सोमवार
- किराँतीले श्रम संस्कृति पार्टीको साथबाट मेयर, सांसद, मन्त्री, मुख्यमन्त्रीलगायतका सार्वजनिक पदमा पुगेकाले पार्टीको सिद्धान्त, नीति र अनुशासनअनुसार काम गर्नुपर्ने बताए।
काठमाडौं: श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रबीकुमारी ठाकुरप्रति असन्तुष्टि व्यक्त गर्दै पदमा पुगेपछि पार्टीको योगदानको सम्मान गर्न नसकेको आरोप लगाएका छन्।
हालै आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले भने, ‘कहाँको मान्छेलाई जिताएर आँसु–पसिना बगाएर श्रमदाताले यहाँसम्म ल्यायो, नेपाली नागरिकले भोट हालेर पदमा पुर्यायो। तर पदमा पुगेपछि पार्टीले सिफारिस गरेका पाँच जना कर्मचारीलाई समेत आर्मी लगाएर हटाउने हो भने त्यस्तो रवैया स्वीकार्य हुँदैन।’
किराँतीले श्रम संस्कृति पार्टीको साथबाट मेयर, सांसद, मन्त्री, मुख्यमन्त्रीलगायतका सार्वजनिक पदमा पुगेकाले पार्टीको सिद्धान्त, नीति र अनुशासनअनुसार काम गर्नुपर्ने बताए।
उनले भने, ‘पार्टीको काँधमा चढेर विभिन्न पदमा पुग्ने अनि पछि आफ्नै ढंगले चल्ने प्रवृत्ति स्वीकार्य हुँदैन। पार्टीमा स्पष्ट अनुशासन, विचार र एउटै लय आवश्यक छ। सयथरी बाजा भए पनि धुन एउटै हुनुपर्छ, सयथरी गोला भए पनि चाल एउटै हुनुपर्छ। जसले जे मन लाग्यो त्यही गर्ने अवस्था अब चल्दैन, विधि र प्रणाली चाहिन्छ।’
उनका अनुसार पार्टी संस्थागत रूपमा सञ्चालन हुन नसके कुनै पनि शक्तिले त्यसलाई जोगाउन नसक्ने बताए।
उनले भने, ‘पशुपतिमा पूजा गर्न पनि नियम हुन्छ, शौचालय जानसमेत पालोको व्यवस्था हुन्छ। देश बनाउने दाबी गरेको पार्टी झन् विधि र प्रणालीमा चल्नुपर्छ। अहिले तीनवटा लक्ष्य छोड्न हुँदैन– पार्टीलाई पहिलो शक्ति बनाउने, अध्यक्षलाई प्रधानमन्त्री बनाउने र सर्वमान्य नेता बनाउने। यी लक्ष्य पूरा गर्न पार्टी संस्थागत र प्रणालीगत ढंगले चल्नैपर्छ, अन्यथा त्यो सम्भव हुँदैन।’
किराँतीले पार्टी अध्यक्षले अघि सारेको धारणा र नीति शुभेच्छुक तथा कार्यकर्ताले पनि एउटै रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘शुभेच्छुकले मनपरी बोल्न मिल्दैन, पार्टीको लाइन नै बोल्नुपर्छ। शुभेच्छुक पनि सदस्यसरह हो। त्यसैले साझा धारणा र प्रणाली विकास गर्न आवश्यक छ। हामी यस्तो प्रणाली र यस्तो पार्टी बनाऔँ कि अरूले पनि हाम्रो संगठन देखेर डाह गर्ने अवस्था सिर्जना होस्।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
-
प्रधानसेनापति सिग्देलको चिनियाँ रक्षामन्त्री जुनसँग शिष्टाचार भेटवार्ता
-
देउवालाई महाधिवेशनमा सहभागी गराउन सबै प्रयास गर्छु- गगन थापा
-
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
-
कृष्णभीरमा दीर्घकालीन समाधान खोज्न कुलमान घिसिङको आग्रह
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।