‘पदमा पुगेपछि पार्टीको योगदान बिर्सिनु हुँदैन’ : सुदन किराँती
१८ श्रावण, २०८३, सोमवार
- किराँतीले श्रम संस्कृति पार्टीको साथबाट मेयर, सांसद, मन्त्री, मुख्यमन्त्रीलगायतका सार्वजनिक पदमा पुगेकाले पार्टीको सिद्धान्त, नीति र अनुशासनअनुसार काम गर्नुपर्ने बताए।
काठमाडौं: श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रबीकुमारी ठाकुरप्रति असन्तुष्टि व्यक्त गर्दै पदमा पुगेपछि पार्टीको योगदानको सम्मान गर्न नसकेको आरोप लगाएका छन्।
हालै आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले भने, ‘कहाँको मान्छेलाई जिताएर आँसु–पसिना बगाएर श्रमदाताले यहाँसम्म ल्यायो, नेपाली नागरिकले भोट हालेर पदमा पुर्यायो। तर पदमा पुगेपछि पार्टीले सिफारिस गरेका पाँच जना कर्मचारीलाई समेत आर्मी लगाएर हटाउने हो भने त्यस्तो रवैया स्वीकार्य हुँदैन।’
किराँतीले श्रम संस्कृति पार्टीको साथबाट मेयर, सांसद, मन्त्री, मुख्यमन्त्रीलगायतका सार्वजनिक पदमा पुगेकाले पार्टीको सिद्धान्त, नीति र अनुशासनअनुसार काम गर्नुपर्ने बताए।
उनले भने, ‘पार्टीको काँधमा चढेर विभिन्न पदमा पुग्ने अनि पछि आफ्नै ढंगले चल्ने प्रवृत्ति स्वीकार्य हुँदैन। पार्टीमा स्पष्ट अनुशासन, विचार र एउटै लय आवश्यक छ। सयथरी बाजा भए पनि धुन एउटै हुनुपर्छ, सयथरी गोला भए पनि चाल एउटै हुनुपर्छ। जसले जे मन लाग्यो त्यही गर्ने अवस्था अब चल्दैन, विधि र प्रणाली चाहिन्छ।’
उनका अनुसार पार्टी संस्थागत रूपमा सञ्चालन हुन नसके कुनै पनि शक्तिले त्यसलाई जोगाउन नसक्ने बताए।
उनले भने, ‘पशुपतिमा पूजा गर्न पनि नियम हुन्छ, शौचालय जानसमेत पालोको व्यवस्था हुन्छ। देश बनाउने दाबी गरेको पार्टी झन् विधि र प्रणालीमा चल्नुपर्छ। अहिले तीनवटा लक्ष्य छोड्न हुँदैन– पार्टीलाई पहिलो शक्ति बनाउने, अध्यक्षलाई प्रधानमन्त्री बनाउने र सर्वमान्य नेता बनाउने। यी लक्ष्य पूरा गर्न पार्टी संस्थागत र प्रणालीगत ढंगले चल्नैपर्छ, अन्यथा त्यो सम्भव हुँदैन।’
किराँतीले पार्टी अध्यक्षले अघि सारेको धारणा र नीति शुभेच्छुक तथा कार्यकर्ताले पनि एउटै रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘शुभेच्छुकले मनपरी बोल्न मिल्दैन, पार्टीको लाइन नै बोल्नुपर्छ। शुभेच्छुक पनि सदस्यसरह हो। त्यसैले साझा धारणा र प्रणाली विकास गर्न आवश्यक छ। हामी यस्तो प्रणाली र यस्तो पार्टी बनाऔँ कि अरूले पनि हाम्रो संगठन देखेर डाह गर्ने अवस्था सिर्जना होस्।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।