- आयोगले घटनाको वास्तविक अवस्था, सुरक्षा निकायको भूमिकासहित मानव अधिकारको अवस्था मूल्याङ्कन गर्न स्थलगत अध्ययनसमेत जारी राखेको जनाएको छ।
विराटनगर: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक अनुसन्धान सुरु गरेको छ । आयोगले घटनालाई स्वप्रेरणाबाट उजुरीका रूपमा दर्ता गर्दै घटनाको विस्तृत छानबिन अघि बढाएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी तथा आयोगको कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख वीरबहादुर बुढामगरसहितको उच्चस्तरीय टोलीले घटनास्थल पुगेर स्थलगत अनुगमन गरेको छ । टोलीले स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा सुरक्षा अधिकारीसँग घटनाबारे जानकारी लिएको जनाएको छ ।
आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगको कोशी प्रदेश कार्यालयले जनाएको छ। कार्यालयका निमित्त प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्राचार गर्दै घटनासम्बन्धी विस्तृत विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।
आयोगले घटनाको वास्तविक अवस्था, सुरक्षा निकायको भूमिकासहित मानव अधिकारको अवस्था मूल्याङ्कन गर्न स्थलगत अध्ययनसमेत जारी राखेको जनाएको छ।
गत साउन १० गते राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए। आयोगले घटनाका सबै पक्षको निष्पक्ष अनुसन्धान गरी तथ्यमा आधारित प्रतिवेदन तयार पार्ने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।