‘जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्न सक्छ’: शंकर पोखरेल
१८ श्रावण, २०८३, सोमवार
- उनले भने, ‘सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाबाट अघि बढेको छ। अहिले नियम–कानुनलाई बेवास्ता गर्दै स्वेच्छाचारी शासनतर्फ उन्मुख भइरहेको देखिन्छ।’
काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभवको अभाव भएका व्यक्तिहरू सरकारमा पुगेका कारण देश जटिल अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न स्वार्थ समूहहरूले पछिल्लो समय आफ्नो सक्रियता बढाएको दाबी गरे।
उनले भने, ‘सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाबाट अघि बढेको छ। अहिले नियम–कानुनलाई बेवास्ता गर्दै स्वेच्छाचारी शासनतर्फ उन्मुख भइरहेको देखिन्छ।’
महासचिव पोखरेलले आवश्यक परे जुनसुकै बेला सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन मातहतका कमिटीहरूलाई निर्देशन दिएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।