‘जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्न सक्छ’: शंकर पोखरेल

१८ श्रावण, २०८३, सोमवार
सारांश
  • उनले भने, ‘सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाबाट अघि बढेको छ। अहिले नियम–कानुनलाई बेवास्ता गर्दै स्वेच्छाचारी शासनतर्फ उन्मुख भइरहेको देखिन्छ।’

काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभवको अभाव भएका व्यक्तिहरू सरकारमा पुगेका कारण देश जटिल अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

 

पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न स्वार्थ समूहहरूले पछिल्लो समय आफ्नो सक्रियता बढाएको दाबी गरे।

 

उनले भने, ‘सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाबाट अघि बढेको छ। अहिले नियम–कानुनलाई बेवास्ता गर्दै स्वेच्छाचारी शासनतर्फ उन्मुख भइरहेको देखिन्छ।’

 

महासचिव पोखरेलले आवश्यक परे जुनसुकै बेला सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन मातहतका कमिटीहरूलाई निर्देशन दिएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार