तीन महिनामा निजी क्षेत्रको कर्जा ३.१ प्रतिशतले वृद्धि, ६० खर्ब नाघ्यो
४ मार्ग, २०८३
- असोज मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रले ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रले ३७.१ प्रतिशत हिस्सा ओगटेका छन् ।
काठमाडौं: बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा निजी क्षेत्रमा प्रवाह गरेको कर्जा ३.१ प्रतिशतले बढेको छ । साउनदेखि असोज मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एक खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई कुल ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जामध्ये ६२.७ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको छ । चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) धितोमा प्रवाह भएको कर्जाको हिस्सा भने १५.५ प्रतिशत रहेको छ ।
असोज मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रले ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रले ३७.१ प्रतिशत हिस्सा ओगटेका छन् ।
यस अवधिमा निजी क्षेत्रतर्फ वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशत र विकास बैंकहरूको कर्जा ३.१ प्रतिशतले बढेको छ । वित्त कम्पनीहरूको कर्जा भने १.२ प्रतिशतले घटेको छ ।
क्षेत्रगत रूपमा खनिज क्षेत्रमा प्रवाहित कर्जा तीन महिनामा १७.८ प्रतिशतले बढेको छ । यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा १२.४ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन क्षेत्रमा १०.७ प्रतिशतले कर्जा विस्तार भएको छ ।
त्यस्तै, सञ्चार तथा सार्वजनिक सेवामा ५.४ प्रतिशत, सेवा उद्योग तथा थोक र खुद्रा व्यापारमा ३.९ प्रतिशत, यातायात तथा निर्माण क्षेत्रमा ३.८ प्रतिशत र औद्योगिक उत्पादन तथा उपभोग्य क्षेत्रमा समान २.३ प्रतिशतले कर्जा बढेको छ । कृषि क्षेत्रको कर्जा २.५ प्रतिशत तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रको कर्जा ०.७ प्रतिशतले घटेको छ ।
कर्जाको प्रकारअनुसार विपन्न वर्गमा प्रवाह भएको कर्जा १५.१ प्रतिशतले बढेको छ । माग तथा अन्य चालु पुँजी कर्जा ५.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५ प्रतिशत, ट्रस्ट रिसिट तथा मार्जिन कर्जा समान २.९ प्रतिशत र आवधिक कर्जा २.६ प्रतिशतले वृद्धि भएको छ । यसै अवधिमा क्यास क्रेडिट कर्जा भने १.८ प्रतिशतले घटेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न प्रचण्डको आग्रह
-
एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको मन्त्री पोखरेलको दाबी
-
नेपाल–भारत स्टार्टअप साझेदारीका लागि बलियो नीतिगत ढाँचा आवश्यक : डा. शालिग्राम पराजुली
-
रोनाल्डोको गोलका बाबजुद अल नासर पराजित
-
घोप्टेभिरको पहिरो हटाउन आजदेखि नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।