- खेलको १४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाएका थिए । यस गोलसँगै रोनाल्डोको व्यावसायिक फुटबलमा कुल गोल संख्या ९८६ पुगेको छ ।
काठमाण्डौ, ०५ मङ्सिर । साउदी प्रो लिगअन्तर्गत गएराति भएको प्रतिस्पर्धात्मक खेलमा अल नासर अल अहलीसँग ३–१ गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा अल अहलीले उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।
खेलको १४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाएका थिए । यस गोलसँगै रोनाल्डोको व्यावसायिक फुटबलमा कुल गोल संख्या ९८६ पुगेको छ । तर, १८औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने उनको प्रयास सफल हुन सकेन । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
पहिलो हाफको अन्त्यतिर अल अहलीले खेलमा फर्कने अवसर पायो । गालेनोले ४५औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । दोस्रो हाफमा अल अहलीले थप आक्रामक खेल प्रदर्शन गर्यो । ७१औँ मिनेटमा इभान टोनीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । त्यसको चार मिनेटपछि रोजर इबानेजले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै अल अहलीको जित ३–१ ले सुनिश्चित गरे ।
यस हारसँगै अल नासर २८ अंकमा सीमित भएको छ । टोली शीर्ष स्थानको अल हिलालभन्दा दुई अंकले पछाडि छ । यता जितपछि अल अहली २४ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न प्रचण्डको आग्रह
-
एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको मन्त्री पोखरेलको दाबी
-
नेपाल–भारत स्टार्टअप साझेदारीका लागि बलियो नीतिगत ढाँचा आवश्यक : डा. शालिग्राम पराजुली
-
रोनाल्डोको गोलका बाबजुद अल नासर पराजित
-
घोप्टेभिरको पहिरो हटाउन आजदेखि नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।