घोप्टेभिरको पहिरो हटाउन आजदेखि नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

५ मार्ग, २०८३
सारांश
  • नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा गएको सुख्खा पहिरो हटाउन आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।

चितवन, ०५ मङ्सिर । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा गएको सुख्खा पहिरो हटाउन आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

 

घोप्टेभिरमा लगातार सुख्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउन लागिएको प्रशासनले जनाएको छ ।

 

प्रशासनका अनुसार उक्त समयावधिमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने छन् ।

 

जिल्ला प्रशासन कार्यालय चितवनले भनेको छ- 'नागढुंगा-मुग्लिन सडक खण्डको घोप्टेभीरमा लगातार सुख्खा पहिरो गई सवारी आवागमन प्रभाव बन्न पुगेको र मानवीय क्षति समेत भएको तथ्यलाई मध्यनजर गरी सम्भावित जोखिम न्यूनीकरणका लागि मिति २०८३।०८।०५ देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म (दैनिक ५ घण्टा ) सडक आवागमन बन्द गरी जोखिमयुक्त ढुङ्गा माटो हटाउने कार्य सुरु गर्ने निर्णय गरिएको छ । तसर्थ, उल्लिखित समयावधिमा उक्त सडक खण्डमा सबै प्रकृतिका सवारी साधनको आवागमन बन्द रहने भएकाले सोही बमोजिम गर्नु गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार