एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको मन्त्री पोखरेलको दाबी

५ मार्ग, २०८३
सारांश
  • मन्त्री पोखरेलका अनुसार फिफा र एएफसी नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन गराउन सहमत भएका छन् ।

काठमाडौं: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।

 

थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिएका छन् ।

 

मन्त्री पोखरेलका अनुसार फिफा र एएफसी नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कुन प्रक्रिया र ढाँचाबाट गर्ने भन्ने विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको कार्ययोजना पठाउनेछ ।

 

उनले एन्फाको निलम्बन फुकुवाको प्रक्रिया फिफाले नै अघि बढाउने र निर्वाचनको ढाँचाबारे डिसेम्बरसम्ममा स्पष्ट प्रस्ताव आउने बताएका छन् । यद्यपि, निर्वाचन पुरानै नेतृत्वबाट गराउने वा अन्तरिम समिति बनाएर अघि बढ्ने भन्ने विषयमा सहमति जुट्न बाँकी रहेको उनले बताए ।

 

मन्त्री पोखरेलका अनुसार फिफाले यसअघि नेपाली फुटबलमा सरकारको भूमिकालाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा बुझेको थियो । तर, सरकारले नेपालको कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए । सरकारले आफ्नो कानुनी दायराभित्र रहेर काम गर्ने र फुटबलको आन्तरिक गतिविधिमा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

 

एसियाली फुटबल महासंघको अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार