नेपाल बैंक र चितवन इनर्जीबीच लोवर ठुलोखोला जलविद्युत आयोजनामा लगानी सम्झौता

२१ श्रावण, २०८३, बिहिवार
सारांश
  • चितवन इनर्जीका सञ्चालक गोपाल प्रसाद निउरेले नेपाल बैंकसँगको सहकार्यप्रति आभार प्रकट गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो।

काठमाडौँ: नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता सम्पन्न भएको छ।

 

चितवन इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित ४.७५ मेगावाट (प्रस्तावित ६.५१ मेगावाट) क्षमताको लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्न आवश्यक कुल परियोजना लागतको ७०:३० (कर्जा : स्वपूँजी) अनुपात कायम रहने गरी कर्जा तथा सुविधा उपलब्ध गराउने सम्झौता भएको हो।

 

उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (CEO) तिलक राज पाण्डे र चितवन इनर्जी लिमिटेडको तर्फबाट सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गर्नुभएको छ।

 

सम्झौता कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेले वित्तीय व्यवस्थापनका लागि नेपाल बैंकलाई अवसर प्रदान गरेकोमा चितवन इनर्जीलाई धन्यवाद दिँदै आयोजनाको सफलताका साथ निर्माण तथा सञ्चालनको शुभकामना व्यक्त गर्नुभयो।

 

त्यस्तै, चितवन इनर्जीका सञ्चालक गोपाल प्रसाद निउरेले नेपाल बैंकसँगको सहकार्यप्रति आभार प्रकट गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार