म कमजोर नैतिक धरातलमा उभिएको छैन- गगन थापा

१९ कार्तिक, २०८३
सारांश
  • नेपाली कांग्रेसका सभापति गगन थापाले आफुले बलियो सत्तालाई प्रश्न गरेको समयमा आफूविरुद्ध गलत प्रचार सधै हुने गरेको बताएका छन् ।

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले आफुले बलियो सत्तालाई प्रश्न गरेको समयमा आफूविरुद्ध गलत प्रचार सधै हुने गरेको बताएका छन् ।  

 

एक भिडियो सार्बजनिक गर्दै थापाले आफु कमजोर नैतिक धरातलमा नउभिएको बताउदै आफू कुनै पनि गलत र अनैतिक काममा संलग्न नरहेको स्पष्ट गरेका छन् ।

 

थापाले पार्टीको आधिकारिकता तथा आन्तरिक रूपान्तरणको लडाइँ कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै यसमा कुनै आर्थिक लेनदेन नभएको बताए । 

 

उनले भनेका छन्- 'विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् ! पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन ।’

 

उनले यसबारे अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै स्पष्ट पारिसकेको र कांग्रेस सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको दोहोर्‍याए ।

 

थापाले भनेका छन्- 'अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो । अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ ।'

 

अडियो सार्वजनिक भएपछि डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेको भन्ने चर्चाको उनले खण्डन गरे । उनले आफु मधेशमा सरकारले विश्वासको मत लिने समय भएकाले यसअघि प्रचण्ड र उपेन्द्र यादवलाई भेटेको र अहिले ओलीलाई भेटेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार