औद्योगिक विकास र व्यापार सहजीकरणका लागि नेपाल प्रत्यायन केन्द्र स्थापना

१९ कार्तिक, २०८३
सारांश
  • सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले उद्घाटन गरेका छन् ।

काठमाडौं : सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ ।

 

 त्रिपुरेश्वरस्थित केन्द्रको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले उद्घाटन गरेका छन् ।

 

केन्द्रको स्थापनाले नेपाली उद्योगको उत्पादन लागत घटाउन, गुणस्तर सुधार गर्न र नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

 

मन्त्री साहले केन्द्रको सञ्चालन उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने, उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने महत्वपूर्ण कदम भएको बताएका छन् ।

 

उद्योग मन्त्रालयका अनुसार अब प्रयोगशाला, स्वास्थ्य परीक्षण प्रयोगशाला, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्न सक्नेछन् । यसबाट परीक्षण र प्रमाणीकरणमा लाग्ने समय तथा खर्च घट्नुका साथै विदेशी निकायमाथिको निर्भरता कम हुनेछ ।

 

खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री र विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता बढाउन पनि केन्द्रले भूमिका खेल्नेछ । यसले उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

 

त्यस्तै, अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गरी नेपाली उत्पादनको गुणस्तरप्रति विश्व बजारमा विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार