नक्कली अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

१९ कार्तिक, २०८३
सारांश
  • जुम्लाको तिला गाउँपालिकास्थित ज्योति माध्यमिक विद्यालयमा नक्कली अध्यापन अनुमतिपत्र पेस गरी शिक्षक नियुक्त भएको आरोपमा महेन्द्रराज शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

काठमाडौं : जुम्लाको तिला गाउँपालिकास्थित ज्योति माध्यमिक विद्यालयमा नक्कली अध्यापन अनुमतिपत्र पेस गरी शिक्षक नियुक्त भएको आरोपमा महेन्द्रराज शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार शाहीले आर्थिक वर्ष २०७८/७९ मा प्राप्त शिक्षण सिकाइ अनुदानअन्तर्गत निम्न माध्यमिक तहको अंग्रेजी शिक्षक पदमा नियुक्ति लिन नक्कली स्थायी अध्यापन अनुमतिपत्र तयार पारेका थिए ।

 

उनले उक्त नक्कली प्रमाणपत्र पेस गरी २०७९ जेठ १५ गते विद्यालयमा करार शिक्षकका रूपमा नियुक्ति लिएको र सरकारी सेवासुविधासमेत प्राप्त गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

 

शाहीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर ठहर गर्दै आयोगले कैद र जरिवानाको सजाय मागदाबीसहित बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार