सिँचाइ आयोजनामा ८८ प्रतिशत बजेट खर्च, निर्माण कार्यले लियो गति
१९ कार्तिक, २०८३
- आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको छ ।
काठमाडौं : आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागले पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च गरेकोमा त्यसको ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले जानकारी दिएका छन् ।
महानिर्देशक रजौरियाका अनुसार महाकाली सिँचाइ आयोजना, कञ्चनपुरले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गरेको छ । आयोजनाले रु. ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो ।
त्यस्तै, बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । यी चार ठूला आयोजनाले मात्रै रु. १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको करिब ५८ प्रतिशत हो ।
विभागका अनुसार प्रगन्ना–बड्कापथ, दाङले ८८.२ प्रतिशत प्रगति गरेको छ भने गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन् ।
तयारी पूरा भएका आयोजनामा बजेटसँगै निर्माण कार्य पनि अघि बढेको विभागले जनाएको छ । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई समेत यही गतिमा अघि बढाउने प्राथमिकताका साथ काम भइरहेको महानिर्देशक रजौरियाले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास सिलिन्डरको तौल परिवर्तन गर्न उद्योगीले मागे दुई वर्ष
-
सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा
-
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता
-
राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै
-
गगन थापाको पक्राउबारे राणाको चेतावनी– ‘कांग्रेस चुप लागेर बस्दैन’
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।