रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

१९ कार्तिक, २०८३
सारांश
  • पोर्चुगलका कप्तान तथा फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल संन्यास लिने घोषणा गरेका छन् ।

काठमाडौं : पोर्चुगलका कप्तान तथा फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल संन्यास लिने घोषणा गरेका छन् ।

 

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने बताएका हुन् ।

 

४१ वर्षीय रोनाल्डोले पोर्चुगलको जर्सी नम्बर ७ अब आफूले छाड्ने उल्लेख गर्दै राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाउनु आफ्नो जीवनको ठूलो सम्मान भएको बताएका छन् । उनले पोर्चुगलका लागि आफूले सक्दो योगदान दिएको र देशको प्रतिनिधित्व गरेकोमा गर्व रहेको बताएका छन् ।

 

रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने पुरुष खेलाडी हुन् । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोकप तथा सन् २०१९ र २०२५ को युईएफए नेसन्स लिगको उपाधि जितेको थियो ।

 

उनले राष्ट्रिय टोलीसँगको २३ वर्षे यात्राका लागि समर्थक र देशवासीलाई धन्यवाद दिँदै पोर्चुगल सधैँ आफ्नो मनमा रहने बताएका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार