राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै
१९ कार्तिक, २०८३
- राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज र भोली सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज र भोली सुनको असर्फी र चाँदीको मेडालियन बिक्री शुरु गरेको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज र भोली सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन बिक्री गर्ने जनाएको छ ।
चाँदीको मेडालियनमा लक्ष्मी र गणेशको आकृति अंकित हुनेछ । एक व्यक्तिले बढीमा दुई थान मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ । २.५ ग्रामको एक थान सुनको असर्फीको मुल्य ६५ हजार ४ सय तोकिएको छ भने १० ग्राम चाँदीको मेडालियनको मुल्य ३८०० तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त असर्फी तथा मेडालियन आज र भोली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखाको बिक्री काउन्टरबाट खरिद गर्न सकिनेछ । बिक्री मौज्दात कायम रहेसम्म मात्र खुला रहने राष्ट्र बैंकले जनाएको छ ।
खरिद गर्न चाहने नेपाली नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । यसको भुक्तानी नगद वा क्यूआर माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने
-
ग्यास सिलिन्डरको तौल परिवर्तन गर्न उद्योगीले मागे दुई वर्ष
-
सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा
-
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता
-
राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।