नेप्सेमा २७.४९ अंकको वृद्धि, ३ अर्ब २८ करोडको कारोबार

२५ बैसाख, २०८३, शुक्रवार
सारांश
  • आज ३३५ कम्पनिका ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

काठमाडौँ: नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३५ कम्पनिका ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी त्रिशुली जलविद्युतको शेयरमा १० प्रतिशतको वृद्धि भएको छ भने होटल फरेस्ट इनको शेयर ७.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वाबलम्बन लघुवित्तको शेयर ६. ५४ प्रतिशतले घटेको छ । 

 

त्यस्तै आज सबै भन्दा बढी होटल फरेस्ट इनको १३ करोड ८६ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १३ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार