हिमाल आरोहणका लागि ११०८ जनालाई अनुमति, एक अर्ब १८ करोड राजश्व संकलन
२५ बैसाख, २०८३, शुक्रवार
- विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि मे ७ सम्म ११०८ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे ७ सम्म २७० महिला र ८३८ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ४६८ जनाले अनुमति पाएका छन् ।
काठमाडौँ: पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म ११०८ जनालाई अनुमति दिएको छ ।
विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि मे ७ सम्म ११०८ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे ७ सम्म २७० महिला र ८३८ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ४६८ जनाले अनुमति पाएका छन् ।
त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी चीनका १४१ जना, अमेरिकाका १३९ जना, भारतका ९२ जना, बेलायतका ७४ जना, रसियाका ६९ जना रहेको विभागले जनाएको छ ।
पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने सगरमाथा आरोहणका लागि अहिलेसम्म ४६८ जनालाई अनुमति दिएको छ । त्यस्तै विभागले सगरमाथा आरोहणका लागि मे ७ सम्म १०१ महिला र ३६७ पुरुष गरि कुल ४६८ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे ७ सम्म अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न चीनका २५ महिला र ७६ पुरुष गरि १०१ जनाले अनुमति लिएका छन् । त्यस्तै अमेरिकाका ८ महिला र ६० पुरुष गरि ६८७ जना, भारतका २५ महिला र ३३ पुरुष गरि ५८ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।
यी अनुमतिबाट एक अर्ब १८ करोड ९७ लाख ६ हजार १५४ रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।