राजनीतिक स्थायित्व र निजी क्षेत्रको सुरक्षा विना समृद्धि असम्भव: कमलेश अग्रवाल
२०८२ पुष १७ विहीवार
- युवा पुस्तामा देखिएको असन्तुष्टि सम्बोधन गर्न सुशासन, भ्रष्टाचार निवारण र स्वदेशमै रोजगारी सिर्जना पहिलो सर्त भएको उनको भनाइ थियो।
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजनीतिक स्थायित्व र निजी क्षेत्रको सुरक्षा नै मुलुकको समृद्धि र रोजगारीको मुख्य आधार भएको बताएका छन्। हालै आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार, राजनीतिक दल, निजी क्षेत्र र युवा पुस्ताबीचको सहकार्य विना शान्ति र समृद्धिको कल्पना गर्न नसकिने स्पष्ट पारे।
अध्यक्ष अग्रवालले मुलुकमा लगानीमैत्री आर्थिक नीतिको अभावका कारण दैनिक २५ सयभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनु दुखद रहेको उल्लेख गरे। युवा पुस्तामा देखिएको असन्तुष्टि सम्बोधन गर्न सुशासन, भ्रष्टाचार निवारण र स्वदेशमै रोजगारी सिर्जना पहिलो सर्त भएको उनको भनाइ थियो।
अध्यक्ष अग्रवालले ''देशमा शान्ति हुनु भनेको द्वन्द नहुनु र आन्दोलनहरू नहुनु मात्रै होइन, शान्ति भनेको न्याय, समानता र संवादको प्रकृति हो। युवाले देशमा नै आफ्नो भविष्य देख्नु हो भने त्यो शान्ति हो", भने। साथै उनले ''उद्यमीले लगानी गर्दा डर होइन, भरोसा महसुस गर्नु हो भने मात्र त्यो शान्ति हो। महिलाले अवसरहरू पाउनु भयो भने त्यो शान्ति हो। श्रम, पुँजी र सीपको सम्मान हुनु हो त्यो शान्ति हो।
नीतिहरू परिवर्तनभन्दा पनि निरन्तरता हुनु हो त्यो शान्ति हो।" भन्दै उनले शान्तिको परिभाषा गरे।
निजी क्षेत्रलाई समृद्धिको 'इन्जिन' संज्ञा दिँदै उनले नीतिगत अस्थिरता, जटिल कानुनी झन्झट र अविश्वासको वातावरणले व्यवसायीहरूको मनोबल गिराएको तर्फ सरकारको ध्यानाकर्षण गराए। अग्रवालले भने, "यदि निजी क्षेत्र सुरक्षित हुँदैन भने लगानी र रोजगारी सिर्जना हुँदैन, जसले गर्दा युवाको भविष्य नेपालमा देखिँदैन।"
उनले सरकारलाई दीर्घकालीन आर्थिक नीति ल्याउन र राजनीतिक दलहरूलाई स्थायित्वप्रति प्रतिबद्ध हुन आग्रह गरे। कर्मचारीतन्त्रले पनि नीति र व्यवहार बीचको दूरी घटाउनुपर्नेमा उनले जोड दिए। दक्षिण एसियामै उच्च प्रतिव्यक्ति आय आर्जन गर्ने लक्ष्यका साथ सबै पक्ष मिलेर अघि बढ्नुपर्ने उनको निष्कर्ष थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।