- भगवान मेरो सबैभन्दा घनिष्ठ साथी हुनुहुन्छ। उहाँ मेरा अन्तर्मनको कुरा सुन्ने साथी हुनुहुन्छ। जब म संघर्षमा हुन्छु, चिन्तित वा दुःखी हुन्छु, म भगवानकहाँ शान्ति, स्पष्टता, र सही कार्य गर्ने शक्ति खोज्छु।
(नवनियुक्त अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तथा ट्रम्प प्रशासनकी एक प्रमुख व्यक्तित्व तुलसी गब्बार्ड आफ्नो जीवन र करियरमा श्रीमद्भगवद गीताले कसरी प्रभाव पारेको छ भन्ने बारेमा बेलाबखत प्रकाश पार्ने गरेकी छिन। साथै उनले आफ्नो हिन्दू पहिचानको दृढतापूर्वक बचाउ गर्छिन। वैष्णव हिन्दु र भगवान कृष्णकी कट्टर अनुयायी गब्बार्डले 'लेक्स क्लिप्स' नामक एक चर्चित पोडकाष्टमा भगवान र भागवत गीताको सम्बन्धमा दिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।)
प्रश्न: तपाईंले आफ्नो हिन्दु धर्मको जीवनमा धार्मिक विश्वासको मूल्य र भागवत गीतालाई आध्यात्मिक मार्गदर्शकको रूपमा हेर्ने बारे कुरा गर्नुभएको छ। तपाईंको जीवनमा भगवान प्रतिको विश्वासले के भूमिका खेल्छ?
यो मेरो लागि सबै कुरा हो। यो मेरो पहिचानको केन्द्र हो। यसले मलाई प्रेरित गर्छ, उत्साहित गर्छ, शक्ति दिन्छ, शान्ति दिन्छ, आश्रय दिन्छ, र सुख दिन्छ। यो एउटा स्थिर आधार हो—संघर्षको समयमा, अँध्यारोको समयमा, मन टुटेको क्षणहरूमा, वा आनन्दको पलहरूमा। म सधैं यो जानेर आश्वस्त महसुस गर्छु कि भगवानको अटुट प्रेम ममा सधैं उपस्थित छ। मेरो जीवनमा जे भए पनि, भगवान मेरो सबैभन्दा विश्वासपात्र साथी हुनुहुन्छ। उहाँमा केन्द्रित र धरातलसँग जोडिएर बस्नु, र यो सत्यलाई ध्यान गर्नु नै मेरो लागि सबै कुरा हो।
प्रश्न: तपाईंको लागि, विशेष गरी धार्मिक ग्रन्थहरू र व्यक्तिगत अनुभवमा, भगवान को हुन्? हिन्दु धर्ममा धेरै भगवानहरूको अवधारणा छ।
हिन्दु धर्मको बारेमा सबैभन्दा ठूलो गलत बुझाइ भनेको यहि हो। हिन्दु धर्म वास्तवमा एकेश्वरवादी धर्म हो। एउटै भगवान छन्, जसका धेरै नाम र गुणहरू छन्। जस्तै तपाईंले भन्नुभयो, हिन्दु धर्म एउटा अद्वितीय, सम्प्रदायनिरपेक्ष आध्यात्मिक अभ्यास हो। यो एउटा त्यस्तो धर्म होइन जसमा तपाईं धर्मान्तरित हुनुहुन्छ वा छोड्नुहुन्छ। भगवद् गीता, जसको अर्थ "भगवानको गीत" हो, भारतबाट आएको एउटा केन्द्रीय धार्मिक ग्रन्थ हो। यसका सिद्धान्तहरू सबैलाई लागू हुन्छन्। यसमा शाश्वत सत्यहरू छन्—तपाईं क्रिश्चियन, क्याथोलिक, मुस्लिम, यहूदी, वा हिन्दु जे भएपनि । यी सत्यहरू सधैं प्रासंगिक छन्।
हामी बालककालदेखि भगवद् गीता र नयाँ करार (बाइबल) दुबैबाट कथाहरू सिक्थ्यौं। मेरा बुबा क्याथोलिक परम्परामा हुर्किएका थिए, आमा एपिस्कोपलियन। उनीहरू आफ्नो आध्यात्मिक यात्रामा भगवानसँग व्यक्तिगत सम्बन्ध खोज्दै गर्दा भगवद्गीता तर्फ आकर्षित हुनुभयो। उदाहरणका लागि, भगवद्गीतामा भक्ति योग (भगवानसँग प्रेमपूर्ण सम्बन्ध विकास गर्ने), कर्म योग (आफ्ना कार्यहरूलाई अरूको सेवामा समर्पित गर्ने) जस्ता शिक्षाहरू छन्। म हुर्कदै गर्दा सम्प्रदायवादको अर्थ बुझ्दैनथे। धर्मको वास्तविक अर्थ भनेको भगवानप्रतिको प्रेम हो, उनलाई कुन नामले पुजौं वा कसरी पुजौं ?
तपाईंले सोध्नुभयो—म भगवानलाई व्यक्तिगत रूपमा कसरी हेर्छु? मलाई थाहा छ, भगवान मेरो सबैभन्दा घनिष्ठ साथी हुनुहुन्छ। उहाँ मेरा अन्तर्मनको कुरा सुन्ने साथी हुनुहुन्छ। जब म संघर्षमा हुन्छु, चिन्तित वा दुःखी हुन्छु, म भगवानकहाँ शान्ति, स्पष्टता, र सही कार्य गर्ने शक्ति खोज्छु। उहाँसँगको यो प्रेमपूर्ण सम्बन्ध नै मेरो जीवनको आधार हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न ७ जना पक्राउ
-
पुर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर
-
कांग्रेस नेता ढकालद्वारा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डा निर्वाचन घोषणापत्रमा समेट्न लिखित प्रस्ताव
-
मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
-
ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।