- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग वर्तमान युद्धमोर्चाकै अवस्थामा युद्धविराम गर्न आफ्नो देश तयार रहेको बताएका छन् ।
काठमाडौँ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग वर्तमान युद्धमोर्चाकै अवस्थामा युद्धविराम गर्न आफ्नो देश तयार रहेको बताएका छन् ।
उनले दुवै देशका सेना अहिले तैनाथ रहेकै स्थानमा रोकिएर युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता अघि बढाउन प्रस्ताव गरेका छन् ।
अलजजिरासँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको कब्जामा रहेका क्षेत्रबाट पछि हट्न तयार नभएको भन्दै वर्तमान सैन्य अवस्थामै युद्ध रोक्नु युक्रेनका लागि ठूलो सम्झौता हुने बताएका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्ध अन्त्यका लागि पहल जारी राख्न आग्रह गर्दै शान्ति सम्झौताको भार युक्रेनमाथि मात्रै थोपर्न नहुने बताएका छन् ।
यसैबीच, रुस र युक्रेनबीच अमेरिकाको मध्यस्थतामा अर्को चरणको वार्ता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने भएको छ ।
बैठकको मिति भने तय भइसकेको छैन। यसअघि भएका वार्तामा युद्ध अन्त्य, कैदीबन्दी आदानप्रदान, युक्रेनको सुरक्षा र भूभागसम्बन्धी विषयमा छलफल भए पनि ठोस सहमति हुन सकेको छैन ।
डोनबास क्षेत्रको भविष्य र रुसको भूभागसम्बन्धी माग शान्ति सम्झौताका प्रमुख अवरोध बनेका छन् । रुसले डोनबासका बाँकी क्षेत्रमा पनि युक्रेनी सेना हटाउन माग गर्दै आएको छ भने युक्रेनले त्यसलाई आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध मानेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।