ओलीको निर्देशन : स्थानीय चुनावमा विपक्षीलाई ‘धोबीपाठ’ पछार्ने गरी तयारीमा जुट्नू
४ मार्ग, २०८३
- निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न जनतालाई समेत साथमा लिएर अघि बढ्नुपर्ने उनले बताए।
काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा विपक्षीलाई पराजित मात्र नभई ‘धोबीपाठ’ पछार्ने गरी तयारीमा जुट्न जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एमाले)को राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन्। उनले आगामी स्थानीय तह निर्वाचनमा जित सुनिश्चित हुने गरी कार्यसम्पादन गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिए।
विगतमा विभिन्न कारणले जनतासँग टुटेको सम्बन्ध पुनः स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताए। निर्वाचनका सन्दर्भमा संविधानमा भएको व्यवस्थाभन्दा बाहिर जान नहुने उनको जिकिर थियो।
उनले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेश तहको निर्वाचन मंसिरमा हुनुपर्ने बताए। सोही कार्यतालिकाअनुसार निर्वाचनको तयारीमा जुट्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘यसपालीको निर्वाचनमा हामीले पछार्ने मात्रै होइन । यस पटक धोवीपाठ पछार्नुपर्छ । त्यो तयारीका साथ, त्यो आत्मविश्वासका साथ गाउँमा जाऔँ । जनतासँग टुटेको सम्बन्धलाई फेरी जोडौँ, सम्बन्ध विकास गरौँ।’
निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न जनतालाई समेत साथमा लिएर अघि बढ्नुपर्ने उनले बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न प्रचण्डको आग्रह
-
एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको मन्त्री पोखरेलको दाबी
-
नेपाल–भारत स्टार्टअप साझेदारीका लागि बलियो नीतिगत ढाँचा आवश्यक : डा. शालिग्राम पराजुली
-
रोनाल्डोको गोलका बाबजुद अल नासर पराजित
-
घोप्टेभिरको पहिरो हटाउन आजदेखि नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।