वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ: ओली

४ मार्ग, २०८३
सारांश
  • एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले संविधानले पाँच वर्षमा निर्वाचन गर्ने व्यवस्था गरेकाले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका हुन् ।

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनुपर्ने बताएका छन् ।

 

एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले संविधानले पाँच वर्षमा निर्वाचन गर्ने व्यवस्था गरेकाले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका हुन् ।

 

उनले भने, ‘संविधानबमोजिम पाँच वर्षमा चुनाव भन्या छ, पाँच वर्षमै हुनुपर्छ। स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा हुनुपर्दछ र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्दछ ।’

 

ओलीले स्थानीय तहलाई विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारसहित स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताए । जनप्रतिनिधिलाई जनतासँग विनम्र र मित्रवत् व्यवहार गर्दै सेवा प्रवाह गर्न तथा आगामी निर्वाचनका लागि जनतासँग टुटेको सम्बन्ध सुधार्न पनि उनले आग्रह गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार