संविधान र कानुनअनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ:प्रचण्ड

४ मार्ग, २०८३
सारांश
  • स्थानीय तहको निर्वाचन मिति बारे निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उनले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौँ :नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन संविधान र कानुनको व्यवस्थाअनुसार गर्नुपर्ने बताएका छन् ।

 

स्थानीय तहको निर्वाचन मिति बारे निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उनले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् ।

 

उनले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनबारे उठेका गुनासा दोहोरिन नदिन आयोगको ध्यानाकर्षण गराए । साथै, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न पनि सरकार र आयोगले आवश्यक पहल गर्नुपर्ने बताए ।

 

प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको उल्लेख गर्दै पार्टीभित्र थप छलफलपछि औपचारिक धारणा सार्वजनिक गर्ने बताए ।

 

निर्वाचन दुई चरणमा गर्ने विषयमा पनि आयोगको प्रस्ताव अध्ययन गरी पार्टीमा छलफल गरेपछि निर्णय लिने उनले बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार