भारत भ्रमण बारे प्रधानमन्त्रीले सुझाव नमागेको गगन थापाको गुनासो
४ मार्ग, २०८३
- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दलसँग कुनै सुझाव नलिइएको प्रसङ्ग उठाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
काठमाडौँ :नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुझाव नै नमागेपछि आफूहरूले सुझाव दिनुको औचित्य नरहेको बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दलसँग कुनै सुझाव नलिइएको प्रसङ्ग उठाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
शुक्रबार निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनको तयारीबारे भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने- 'माग्दै नमागेपछि सुझाव के दिने ? सुझाव नमागेपछि सुझाव दिएर किन हिँड्ने ? निर्वाचनको बारेमा सरकार केही बोल्दैन भने हामीले किन धारणा बनाएर हिँड्ने ?’
उनले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने मुख्य जिम्मेवारी सरकारको भएको बताए । निर्वाचनबारे संविधानमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उनले निर्वाचन आयोगले प्रारम्भिक छलफल अघि बढाएको जानकारी दिए ।
सरकारले राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल र संवाद गरे कांग्रेसले पनि आफ्नो धारणा राख्ने उनको भनाइ थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशन
-
२६ रनमै समेटियो नेपाल, भारत ए सँग लज्जास्पद हार
-
भारत ए ले नेपाललाई दियो ३३३ रनको लक्ष्य
-
प्रधानमन्त्रीको भारत भ्रमण सानातिना बिषयमा होइन, सद्भाव र बलियो ‘नेगोसिएसन’ को आधार तयार गर्न केन्द्रित हुनुपर्छ : राजन शर्मा
-
यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणको टाइमलाइन
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।