जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण

२९ भाद्र, २०८३, सोमवार
सारांश
  • याहोदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि मानवीय क्षति नभएको युक्रेनी अधिकारीहरूले बताएका छन्। यात्रुहरूलाई तत्काल बाहिर निकालिएको थियो ।

काठमाडौँ: युक्रेन-पोल्यान्ड सीमाना नजिक पूर्वबेलायती प्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली सुरक्षा अधिकारीहरूले छोडको केही समयपछि रुसी ड्रोनले रेलमा आक्रमण गरेको छ ।

 

याहोदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि मानवीय क्षति नभएको युक्रेनी अधिकारीहरूले बताएका छन्। यात्रुहरूलाई तत्काल बाहिर निकालिएको थियो ।

 

युक्रेनको सरकारी रेल कम्पनीले आक्रमणको लक्ष्य कूटनीतिक रेल हुन सक्ने आशंका गरेको छ । रुसी पक्षले भने पश्चिमी युक्रेनको रेल पूर्वाधारमा आक्रमण गरेको जनाएको छ ।

 

युक्रेनी विदेशमन्त्रीले घटनालाई बर्बर आक्रमण भन्दै रुसमाथि थप प्रतिबन्ध लगाउन तथा युक्रेनलाई थप हवाई सुरक्षा उपकरण उपलब्ध गराउन सहयोगी राष्ट्रसँग आग्रह गरेका छन् । घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले आकस्मिक बैठक बोलाएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार