चिनियाँ सूचना अनुसार जोर्डनस्थित आफ्नो सैन्य केन्द्रमा इरानले आक्रमण गरेको अमेरिकाको दाबी
२९ भाद्र, २०८३, सोमवार
- अमेरिकी अधिकारीहरूका अनुसार चिनियाँ कम्पनीले इरानलाई अमेरिकी सैन्य लक्ष्य पहिचान गर्न सहयोग पुग्ने सूचना उपलब्ध गराएको थियो । चीनले भने यस्तो आरोप अस्वीकार गर्दै इरानलाई दिइएको सहयोग अन्तर्राष्ट्रिय कानुनअनुसार रहेको जनाएको छ ।
काठमाडौँ: अमेरिकाले गत जुलाईमा जोर्डनस्थित अमेरिकी सैन्य केन्द्रमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा चिनियाँ संस्थाले उपलब्ध गराएको उच्च गुणस्तरको भूउपग्रह तस्बिर प्रयोग भएको दाबी गरेको छ । उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार चिनियाँ कम्पनीले इरानलाई अमेरिकी सैन्य लक्ष्य पहिचान गर्न सहयोग पुग्ने सूचना उपलब्ध गराएको थियो । चीनले भने यस्तो आरोप अस्वीकार गर्दै इरानलाई दिइएको सहयोग अन्तर्राष्ट्रिय कानुनअनुसार रहेको जनाएको छ ।
अमेरिकाले यसअघि नै इरानलाई भूउपग्रह तस्बिर उपलब्ध गराएको आरोपमा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको आगामी भेटअघि दुई देशबीच तनाव बढ्न सक्ने आशंका गरिएको छ ।
अमेरिकी अधिकारीहरूले चीन वा रुसले इरानलाई अमेरिकी सैन्य तथा नौसैनिक गतिविधिको निगरानीका लागि उच्च गुणस्तरका भूउपग्रह तस्बिर र लक्ष्यसम्बन्धी सूचना उपलब्ध गराइरहेको हुन सक्ने आशंका गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।