इण्डोनेसियामा २४० भन्दा बढी यात्रु बोकेको पानी जहाज सम्पर्कविहीन

२०८३ भाद्र २८ आइतवार
सारांश
  • खराब मौसमका कारण जाभा सागरमा २४० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक पानी जहाज सम्पर्कविहीन भएपछि इन्डोनेसियाली अधिकारीहरूले खोजी तथा उद्धार अभियान सुरु गरेका छन् ।

एजेन्सी, २८ भाद्र । खराब मौसमका कारण जाभा सागरमा २४० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक पानी जहाज सम्पर्कविहीन भएपछि इन्डोनेसियाली अधिकारीहरूले खोजी तथा उद्धार अभियान सुरु गरेका छन् ।

 

इन्डोनेसियाको खोज तथा उद्धार निकायका अनुसार भिर्गो ट्रान्सपोर्ट ८ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियोस्थित दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ प्रस्थान गरेको थियो । त्यसपछि जहाजसँग सम्पर्क टुटेको हो ।

 

जहाजमा कति यात्रु र चालक दलका सदस्य थिए भन्नेबारे थप विवरण सार्वजनिक भएको छैन । अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन। उद्धार निकायले जहाजको अन्तिम अवस्थिति एउटा घाटबाट करिब १४८ किलोमिटर टाढा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ ।

 

करिब १७ हजार द्वीप रहेको इन्डोनेसियामा एक द्वीपबाट अर्को द्वीपमा आवतजावतका लागि पानीजहाजमा ठूलो निर्भरता छ । तर सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा त्यहाँ पानीजहाज दुर्घटनाको जोखिम उच्च रहने गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार