- बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयका कर्मचारीसमेत बेपत्ता भएको जानकारी मन्त्री खनालले प्रतिनिधिसभामा गराएका छन् ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति, बेपत्ता तथा उद्धार कार्यबारे जानकारी गराएका छन् ।
मन्त्री खनालका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ । त्यस्तै सशस्त्र प्रहरी बलका २६ जना, नेपाल प्रहरीका ९ जना र नेपाली सेनाका ४४ जना सम्पर्कविहीन रहेको मन्त्री खनालले जानकारी दिएका छन् ।
बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयका कर्मचारीसमेत बेपत्ता भएको जानकारी मन्त्री खनालले प्रतिनिधिसभामा गराएका छन् ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहतका लागि १३ वटा हेलिकोप्टर परिचालन गरिएको उनले बताएका छन् । सरकारले राहत तथा उद्धारका लागि रसुवा र नुवाकोटको विपद् कोषमा एक–एक करोड रुपैयाँ तथा धादिङको विपद् कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाइएको भन्दै मन्त्री खनालले मित्रराष्ट्रबाट समेत राहत तथा सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
-
प्रधानमन्त्री शाहसँग मोदीको टेलिफोन कुराकानी, सबै प्रकारको सहयोग गर्न भारत तयार
-
सेटेलाइट तस्वीरको विश्लेषण: रसुवागढीभन्दा २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, ल्हेन्दे खोलाबाट त्रिशूलीमा बाढी
-
भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा
-
भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।