सेटेलाइट तस्वीरको विश्लेषण: रसुवागढीभन्दा २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, ल्हेन्दे खोलाबाट त्रिशूलीमा बाढी
१० भाद्र, २०८३, बुधवार
- प्रारम्भिक अध्ययनअनुसार उक्त हिम–चट्टान पहिरो नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको नेपाल–चीन सीमाक्षेत्रमा गएको हो ।
काठमाडौँ: प्लानेट ल्याब्सका उपग्रह तस्बिरको विश्लेषणमा आधारित प्रारम्भिक अध्ययनले नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको देखाएको छ ।
प्रारम्भिक अध्ययनअनुसार उक्त हिम–चट्टान पहिरो नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको नेपाल–चीन सीमाक्षेत्रमा गएको हो ।
पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी उत्पन्न भएको र बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको अध्ययनले देखाएको छ ।
यसै बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ भने त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।
उपग्रह तस्बिरको थप विस्तृत अध्ययन तथा स्थलगत विवरणपछि बाढीको वास्तविक कारण र क्षतिको अवस्थाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टप एन्ड सिरिजमा नेपाल ए को दोस्रो जित
-
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
-
प्रधानमन्त्री शाहसँग मोदीको टेलिफोन कुराकानी, सबै प्रकारको सहयोग गर्न भारत तयार
-
सेटेलाइट तस्वीरको विश्लेषण: रसुवागढीभन्दा २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, ल्हेन्दे खोलाबाट त्रिशूलीमा बाढी
-
भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।