नागरिकलाई बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ- रवि लामिछाने
१० भाद्र, २०८३, बुधवार
- लामिछानले बाढीको सूचना पाउनासाथ आफुले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग निरन्तर छलफल र सूचना आदनप्रदानमा रहेको बताउदै सरकारलेनागरिक बचाउन सम्पूर्ण सामर्थ्य लगाउने बताएका हुन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले नागरिकलाई बचाउन सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले भोटेकोसीमा आएको बाढीको विपत्तमा नागरिक बचाउन सरकार लागिसकेको जानकारी गराएका हुन् ।
लामिछानले बाढीको सूचना पाउनासाथ आफुले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग निरन्तर छलफल र सूचना आदनप्रदानमा रहेको बताउदै सरकारलेनागरिक बचाउन सम्पूर्ण सामर्थ्य लगाउने बताएका हुन् ।
उनले भने- 'सरकारले सम्पूर्ण सामार्थ्य लगाउनेछ । नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले मैले सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु । मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा सरकारले सम्पूर्ण सामार्थ्य सबैभन्दा पहिला नागरिक बचाउन लगाउनेछ ।'
लामिछानेले पिडितमा जाने राहतमा एकद्वार प्रणाली हुनुपर्ने भन्दै यस विषयमा सरकारले स्पष्ट गर्ने बताए । उनले विगतका अनुभवको आधारमा एकद्वार प्रणालीबाट राहत दिदा प्रभावकारी हुने धारणा राखेका छन् । उनले सबै राजनीतिक दल, संघसंस्थाहरुमा विपदसम्बन्धि प्रशिक्षण लिएका जनशक्ति राहत र उद्धारको अग्रपंक्तिमा आउन समेत आव्हान गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भूमि व्यवस्था मन्त्रालयको सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
-
एमालेको स्थायी कमिटी बैठकले के के निर्णय गर्यो ?
-
रोनाल्डोमाथि अनुशासनात्मक कारबाही हुने, राष्ट्रिय टिमबाट अस्थायी रूपमा निलम्बित
-
नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्प असन्तुष्ट, के के भने ?
-
टेलिकमले ल्यायो दसैँ–तिहार अफर
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।