भोटेकोशी बाढीमा ९ जनाको शव फेला, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन
१० भाद्र, २०८३, बुधवार
- बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयका कर्मचारीसमेत बेपत्ता भएको जानकारी मन्त्री खनालले प्रतिनिधिसभामा गराएका छन् ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति, बेपत्ता तथा उद्धार कार्यबारे जानकारी गराएका छन् ।
मन्त्री खनालका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ । त्यस्तै सशस्त्र प्रहरी बलका २६ जना, नेपाल प्रहरीका ९ जना र नेपाली सेनाका ४४ जना सम्पर्कविहीन रहेको मन्त्री खनालले जानकारी दिएका छन् ।
बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयका कर्मचारीसमेत बेपत्ता भएको जानकारी मन्त्री खनालले प्रतिनिधिसभामा गराएका छन् ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहतका लागि १३ वटा हेलिकोप्टर परिचालन गरिएको उनले बताएका छन् । सरकारले राहत तथा उद्धारका लागि रसुवा र नुवाकोटको विपद् कोषमा एक–एक करोड रुपैयाँ तथा धादिङको विपद् कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाइएको भन्दै मन्त्री खनालले मित्रराष्ट्रबाट समेत राहत तथा सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले गरे पार्टी बैठकमा ब्रिफिङ
-
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्यो
-
पुराना भारतीय लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको आग्रह
-
सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।