भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह
१० भाद्र, २०८३, बुधवार
- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद्को अवस्थामा जोखिममा रहेका नागरिकलाई आवश्यक सहयोग तथा सेवा उपलब्ध गराउन विभिन्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक सहयोग चाहिए सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद्को अवस्थामा जोखिममा रहेका नागरिकलाई आवश्यक सहयोग तथा सेवा उपलब्ध गराउन विभिन्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
आपतकालीन सम्पर्क नम्बरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय: ०१-४२०००८२, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र: १२३४, १११२, बालबालिका खोजतलास सेवा: १०४ र राष्ट्रिय महिला आयोग: ११४५ रहेका छन् ।
विपद्को समयमा आफू सुरक्षित रहन, जोखिममा रहेका व्यक्ति तथा परिवारलाई सहयोग गर्न र आवश्यक सूचना सम्बन्धित निकायसम्म तत्काल पुर्याउन आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।