भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा

१० भाद्र, २०८३, बुधवार
सारांश
  • महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेर बाढीबाट उत्पन्न विपद्को व्यवस्थापन तथा महानगरपालिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको हो ।

काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीबाट रसुवाको टिमुरे तथा स्याफ्रुबेँसीसहित रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि काठमाडौँ महानगरपालिकाले उद्धार तथा राहत कार्यमा आफ्नो भूमिका प्रभावकारी बनाउने तयारी गरेको छ ।

 

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेर बाढीबाट उत्पन्न विपद्को व्यवस्थापन तथा महानगरपालिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको हो ।

 

बैठकले विपद्को प्रतिकार्य सञ्चालन तथा आवश्यक समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवं विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई जिम्मेवारी तोकेको छ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका चार वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाएको छ। थप दुई वटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको महानगरपालिकाले जनाएको छ ।

 

त्यस्तै, महानगरपालिकाअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय भएको छ । घाइते तथा बिरामीका लागि आवश्यक औषधि उपलब्ध गराउने व्यवस्था पनि मिलाइने भएको छ । महानगरपालिकाको आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात रहेका विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

 

मौज्दात सामग्री तथा औषधि अपुग हुने अवस्था देखिएमा विपद् व्यवस्थापन कोषबाट खरिद गरी आवश्यक सामग्री तथा औषधि उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउन आफ्ना स्रोतसाधन परिचालन गर्ने जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार